सम-सामयिक

प्रधानमन्त्री सहभागी कार्यक्रम संखुवासभाका राजनीतिक दलद्वारा बहिस्कार


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रम जिल्लामा क्रियाशील राजनीतिक दलले बहिस्कार गरेका छन । विकास आयोजनाको निरिक्षणका क्रममा संखुवासभा पुगेका प्रधानमन्त्री ओली सहभागी कार्यक्रम जिल्लाका राजनीतिक दलले बहिस्कार गरेका हुन ।


किमाथांका नाक, अरुण तश्रो र उत्तर दक्षिण कोशी राजमार्गको अनुगमका क्रममा बुधबार बिहान संखुवासभा पुगेका प्रधानमन्त्री ओली फ्यक्सिन्दामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर प्रधानमन्त्री काठमाडौं फर्केका थिए । प्रधानमन्त्री सहभागी कार्यक्रमा सत्तारुढ दल र प्रतिपक्षी दलका प्रतिनिधिहरु सहभागी भएनन । प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रतिनिधित्व नजनाएको नेपाली कांग्रेसका जिल्ला सचिव डम्बर बस्नेतले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *