मुख्य समाचार

रहेनन कांग्रेसका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईँ

काठमाडौं । नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष रामबाबु प्रसार्ईँँको निधन भएको छ । पहिलो पुस्ताका क्रान्तिकारी नेता प्रसाईँको आज शुक्रबार निधन भएको हो ।

९९ सय वर्षीय पर्साईँको राजधानीको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

कृष्णप्रसाद भट्टराईको नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रसाईँ कोषाध्यक्ष हुनुन्थ्यो । विश्वेश्वरप्रसाद कोइरालसंग निकट रहेर काम गर्नु भएका प्रसाईँले कांग्रेस पार्टीलाई धेरै ठूलो सहयोग गर्नुभएको थियो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो ट्वीटमार्फत १०० बर्ष टेक्ने क्रमका अत्यन्तै आदरणीय ब्यक्तित्व रामबाबु प्रसाईंको आज निधन भएको जनाएका छन ।

शर्माले लेखेका छन अलग्गै स्वभाव,विचार र शैलिले परिचीत उहाँ जमानाको क्रान्तिकारी,वीपि कोइरालाप्रती निस्ठावान अनि किसुनजिको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष हुनुन्थ्यो । शान्ति मिलो उहाँको आत्मालाई स्वर्गमा ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *