मुख्य समाचार

बीरलगायत तीन अस्पतालका आवासीय चिकित्सकद्वारा बहिरंग सेवा बहिष्कार

काठमाडौं । बीरलगायत तीन वटा मेडिकल कलेजका आवासीय चिकित्सकहरूले आज मंगलबारबाट बहिरंग सेवा ‘ओपीडी’ बहिष्कार गरेका छन् । २३ दिनदेखि चिकित्सा शिक्षा सुधारको मागसहित अनसनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूले ओपिडी सेवा बहिष्कार गरेका हुन् ।

तीन शिक्षण संस्थाका चिकित्सकले विज्ञप्ति जारी गर्दै अनसनको २२ दिन पूरा भइसक्दा पनि सरकारले बेवास्ता गरेको भन्दै चरणवद्ध आन्दोलनको घोषणासमेत गरेका छन् । आन्दोलनका क्रममा कोरोना भाइरस संक्रमित, आकस्मिक तथा इन्डोर सेवामा भने अवरोध नगरिने विज्ञप्तिमा उल्लेख छ ।

आवासीय चिकित्सकले डा. केसीको जीवनरक्षाका लागि वार्ता टोली गठन गर्न माग पनि गरेका छन् । अनसनरत केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *