मुख्य समाचार

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०० नाघ्यो, १९११ संक्रमित थपिए (तथ्यांकमा हेर्नुस्)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९६१ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ ।

उपत्यकामा थप ९४३ जना कोरोना पुष्टि
काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका छन् । बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो बुधबार उपत्यकामा ९०२ जना संक्रमित थपिएका थिए भने अस्ति ९३४ जनामा संक्रमण पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४४४ जनाको पीसीआर भएकोमा १९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *