ताजा समाचार

वालुवाटारमा ओली-प्रचण्डबीच भेटघाट

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता शुरु भएको छ । छलफलमा मन्त्रिपरिषद् हेरफेर, पार्टी एकताका बाँकी रहेका काम, संवैधानिक नियुक्तिलाई पूर्णता दिने विषयमा कुराकानी भैरहेको वालुवाटार निकट स्रोतले जनाएको छ ।

गत भदौ २६ गते सकिएको पाँचौं स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् हेरफेर गर्न सैद्धान्तिक अनुमति दिएको थियो । असोज ४ गते पेरिसडाँडामा बसेको ६८औं सचिवालय बैठकमा नीतिगत छलफल पनि भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *