ताजा समाचार

पेसिरडाडा छाडेर आज वालुवाटारमा नेकपा सचिवालय बैठक

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे १२ बजे बस्ने तय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि सोमबार बस्ने तय भएको बैठक तयारी अपुग रहेको भन्दै आजका लागि सारिएको हो ।

आजको बैठकमा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजनालगायतका विषयमा छलफल गर्ने कार्यसुची छ । यसैगरी कोरोना महामारीका समयमा संघीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि आजको बैठकमा छलफल गर्ने तयारी भएको प्रवक्ता श्रेष्ठले बताए ।

यसअघि आइतबर तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *