ताजा समाचार

राष्ट्रिय सभामा गौतम कि खतिवडा ?

काठमाडौं । आन्तरिक विवादमा रुमल्लिएको सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। विवाद समाधानका गठित कार्यदलले दिएको सुझाव अथमन्त्री डा. युवराज खतिवडालाई निरन्तर दिने वा अरु कसलाई अर्थमन्त्रालयको जिम्मेवारी दिने जस्ता विषयहरुमा छलफल हुने भएको छ ।

बैठकअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकघन्टा छलफल भएको थियो। पार्टी विवाद समाधानका लागि गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय सभामा रिक्त रहेको एक सदस्य पदमा मनोनयनका लागि सिफारिश गर्ने विषय, कोरोना महामारी नियन्त्रण लगायतका एजेण्डामा बैठकमा छलफल हुने सचिवालय स्रोतको दावी छ । गत साउन ४ गते पछि सचिवालयको बैठक आज बस्न लागेको हो ।

गत फागुन ४ गते बसेको सचिवालय बैठकले राष्ट्रियसभामा मनोनित गर्ने एक सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने भनी गरेको निर्णय कार्यान्वयन गर्ने वा अर्थमन्त्री डा. युवराज खतिवडालाई नै गर्ने भन्ने विषय टुंगो लागेको छैन। गौतमले आफूलाई सिफारिश गर्ने पहिलेको निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेका छन् भने खतिवडालाई नै निरन्तरता दिने प्रधानमन्त्रीको चाहना छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *