मुख्य समाचार

उपत्यकामा ३७७ सहित देशभर एक हजार एक सय ११ संक्रमित थपिए

काठमाडौं। काठमाडौं उपत्यकामा ३७७ संक्रमित थपिएका छन । काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित थपिएका हुन ।
आज देशभर १ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जोगेश्वर गौतमले नियमित प्रस ब्रिफिङको क्रममा जानकारी दिए ।

बिहीवार ५ सय ६९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *