काठमाडौं। २४ घण्टामा कोरोना संक्रमणबाट ७ भएको छ । एक महिला र छ पुरुष गरी सात जनाकोे मृत्यु भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।
मंगलबार नियमित मिडिया ब्रिफिङमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा .जागेश्व गौतमाले काठमाडौंमा ७१ वर्षीया एक महिला, ७४ र ६६ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरेका हुन । यसै गरी उनले सिराहका २२ वर्षीय युवा, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण निधन भएको जानकारी दिए ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ । भेन्टिलेटरमा १५ जना संक्रमित उपचाररत छन ।




