देश

नेकपा कार्यदलले प्रतिवेदन बुझायो, दुई अध्यक्षले सचिवलाय बैठकमा पेश गर्ने

 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले आफ्नो रिपोर्ट बुझाएको छ। शनिबार साँझ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यदलले रिपोर्ट बुझाएको हो।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन । सो प्रतिवेदन अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गरी आगामी सचिवालय बैठकमा पेश गर्ने बताइएको छ । यही भदौ १ गतेको नेकपा सचिवालय बैठकले सो कार्यदल गठनलाई अनुमोदन गरी कार्यादेश स्पष्ट गरेको थियो ।
के छ त कार्यदलले तयार रिपोर्टमा ?
क. कोभिड १९ को नियन्त्रण, रोककथाम र उपचार सम्बन्धमा ।
 सरकारको काम प्रभावकारी बनाउन अझ सम्पूर्ण रुपमा राज्यका स्रोत-साधान र पार्टी पंक्ति लाई समेत प्रभावकारी रुपमा परिचालन गर्ने र नियन्त्रण गर्ने गरी अगाडी बढ्ने ।
ख.नेपालको सीमा समस्या र समाधान सम्बन्धमा ।
नेपाल र भारतका बीचमा देखा परेको सीमा समस्याका विषयमा दिपक्षिय रुपमा कुटनीतिक र राजनीतिक सम्वादबाट नै समाधानको अधिकतम प्रयास गर्ने । वार्ता र सम्वादमा जोड गर्ने । त्यसका लागि सरकारले आवश्यक जुनकुनै उपायको अवलम्वन गर्ने ।
ग. सरकारको कामको समग्र समीक्षा सम्बन्धमा ।
सरकारले प्रभावकारी रुपमा काम गर्ने । सरकारको स्थायित्वको ग्यारेन्टी गरिने ।
आवश्यक मात्रामा केन्द्र देखि प्रदेश सरकार सम्म पूर्नगठन गर्ने ।
सरकारले गर्ने महत्वपूर्ण राजनीतिक नियुक्ति लगायतका विषयमा मुख्यतः दुई अध्यक्षले सहमति गरी सचिवालयमा
प्रस्ताव ल्याएर छलफल गरि पार्टी निर्णय गराउने र त्यसैलाई सरकारले कार्यान्वयनमा लैजाने ।
 
पार्टी मातहात सरकार चल्ने निति र विधिलाई स्थापित गराउने ।
 
यस अगाडी सरकारका तर्फबाट भएका विवादास्पद नियुक्तिहरु आपसी छलफल र सहमतिका आधारमा पूर्नविचार गर्न सकिने ।
निर्वाचन घोषणापत्रलाई टेकेर सरकारका कामलाई अगाडी बढाउनुपर्ने ।
घ.पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा ।
 पार्टी काम सम्पूर्ण रुपमा कार्यकारी अध्यक्षले सञ्चालनको जिम्मा लिने ।
 दुई अध्यक्षका बीचमा आपसी सहमतिमा पार्टीका बैठकहरु राख्ने, निर्णय प्रक्रियामा दुवै अध्यक्षले हस्ताक्षर गर्ने ।
बाधा अवरोध कामय गर्न नपाइने ।
बाँकी एकताका कामहरु टुंगो १५ दिनभित्र लगाईसक्ने ।
सरकारका कामको प्रचारप्रसारमा पार्टी पंक्तिलाई केन्द्र देखि गाँउतहसम्मै परिचालन गर्ने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *