काठमाडौं। शनिबार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४ सय ५२ जना पुरुष र १ सय ४२ जना महिला छन । १२ हजार ५ सय १९ जनाको पीसीआर परिक्षण गर्दा ६३४ संक्रमित भेटिएका हुन ।
७४ जिल्लामा सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ छ । ३१ हजार १ सय १७ कोरोना संक्रमितको संख्या पुगेको छ । आज १३६ सय २० जनाको डिस्चार्ज भएका छन । हालसम्म कोरोनाको उपचारपछि निको भएर १८ हजार ३ सय ५० जना घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । नेपालमा कोरोना संक्रमित निको हुने दर ५९ प्रतिशत छ ।
काठमाडौं १६०, ललितपुरमा ६ र भक्तपुरमा १.५०जना गरी उपत्यकामा १६८ जना संक्रमित थपिएका छन ।
क्वारेनटाइनमा ११ हजार ६ सय ५८ जना छन । नेपालमा पीसीआर विधिबाट ५ लाख ९२ हजार ५ सय १८ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।
मुस्ताङ, म्याग्दी र हुम्ला जिल्ला कोरोना मुक्त बनेका छन । मोरग, पर्सा, महोत्तरी, रौतहट,सर्लाही र काठमाडौं जिल्लमा संक्रमितको संख्या ५ सय नाघेको छ ।
आइसीयुमा १ सय ३५ जना उपचाररत छन । भेन्टिलेटरमा १२ जना छन । आज ९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ४६ पुगेको छ ।




