मुख्य समाचार

तीन सहसचिव राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका तीन सहसचिवलाई राजदूतमा सिफारिस गरेको छ । हिजो सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि परराष्ट्र कोटाअन्तर्गत राजदूत सिफारिस गरेको हो ।

पाकिस्तानमा र जर्मनीमा भदौ मसान्तमा रिक्त हुँदैछ भने बेल्जियममा कात्तिक तेस्रो साता रिक्त हुँदैछ । राजदूत पद रिक्त हुनुभन्दा ३ महिनाअघि सिफारिस गर्न सकिने प्रावधानअनुसार, मन्त्रालयले वरीयता आधारमा नाम पठाएको थियो ।

हेर्नुस् मन्त्रिपरिषद्को निर्णय जस्ताको त्यस्तै

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *