काठमाडौं। सोमबार ५८१ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये नेपालमा संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।
२४ घण्टामा १६० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । हलासम्म कोरोनालाई जितेर हालसम्म १७ हजार ४ सय ९५ जना डिस्चार्ज भएका छन ।
सक्रिय संक्रमित ९ हजार ६ सय ३९ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमार्फत जानकारी दिए ।
११ हजार ५ सय २० जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ५८१ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा ५ लाख २९ हजार ४ सय २७ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उपत्यकामा १६६ जना संक्रमित थपिएका छन । आज थप ३ जना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या १०७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




