रिबन

पर्सामा सशस्त्रका डिएसपी सहित ६३ जनामा संक्रमण

 काठमाडौं। कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको बारा र पर्सामा संक्रमणको संख्या थपिदै गएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार सशस्त्र प्रहरीका डिएसपी अमर खत्री र एक जवान तथा पोखरीया नगरपालिकाका मेयरलाई पनि संक्रमण देखिएको छ । डिएसपी खत्री वीरगन्ज भन्सार कार्यालयको सुरक्षार्थलागि खटिएको गुल्ममा कार्यरत थिए ।

सशस्त्र प्रहरीका डिएसपी र जवानलाई संक्रमण देखिएपछि त्यहाँ रहेका अन्य सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा पठाएको छ । सुरक्षा निकायमा फैलिदो संक्रमणका कारण पर्सास्थित वीरगन्ज महानगरपालिकामा सेना परिचालन गरिएको थियो । प्रयाप्त संख्यामा प्रहरी परिचालन गर्ने अवस्था नभएपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठक राखेर सेनालाई परिचालन गरेको हो । पछिल्लो २४ घण्टामा पर्सा र बारामा ८० जना कोरोना संक्रमित थपिएका छन् ।

आइतबार राती नारायणी अस्पताल र काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा पर्साका ६३ र बाराका १७ जनामा संक्रमण पुष्टि भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *