रिबन

आइतबार ६ सय ४१ संक्रमित थपिए, १३४ डिस्चार्ज

काठमाडौं। शुक्रबार ६४१ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये २१८ महिला र ४२३ पुरुष छन् । नेपालमा संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।
२४ घण्टामा १३४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । हलासम्म कोरोनालाई जितेर हालसम्म १७ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन ।

सक्रिय संक्रमित ९ हजार २ सय २१ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमार्फत जानकारी दिए ।
१२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ६४१ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा ५ लाख १७ हजार ९ सय ७ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।
संखुवासभा, मनाङ, मुस्ताङ ,डोल्पा र हुम्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । मोरङ,पर्सा,रौतहट, महोत्तरी र काठमाडौ जिल्लामा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।
उपत्यकामा १७२ जना संक्रमित थपिएका छन । आज थप २ जना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या १०४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आईसीयुमा १ सय र भेन्टिलेटरमा ६ जना संक्रमित छन ।

कुन प्रदेशमा कति सक्रिय संक्रमित ?
प्रदेश नम्बर १ मा ८५४, प्रदेश नम्बर २ मा ३८२७, बागमतीमा २००२, गण्डकीमा २६२, प्रदेश नम्बर ५ मा ७६३, कर्णाली प्रदेशमा २२५ र सुदुरपश्चिम प्रदेशमा ८१० सक्रिय संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसै गरी होम आइसोलेशनमा ५ सय २३ जना छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *