शनिबार ४६८ जना कोरोना संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । २४ घण्टामा ११४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । हलासम्म कोरोनालाई जितेर हालसम्म १७ हजार २ सय १ जना डिस्चार्ज भएका छन ।
सक्रिय संक्रमित ८ हजार १ सय ९३ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमार्फत जानकारी दिए ।
११ हजार ४ सय ४७ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ४६८ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा ५ लाख ५ हजार ६ सय ६० जनाको पीसीआर विधिबाट परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ
उपत्यकामा ९८ जना संक्रमित थपिएका छन । आज थप ३ जना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या १०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




