शुक्रबार ५९४ जना कोरोना संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ । २४ घण्टामा २४० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । हलासम्म कोरोनालाई जितेर हालसम्म १७ हजार १ सय १३ जना डिस्चार्ज भएका छन ।
सक्रिय संक्रमित ७ हजार ९ सय १३ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमार्फत जानकारी दिए ।
११ हजार ५ सय ७५ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा ५९४ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा ४ लाख ९४ हजार ६ सय १३ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पा कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । पर्सा,रौतहट, महोत्तरी र काठमाडौ गरी ४ जिल्लामा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।
उपत्यकामा ११९ जना संक्रमित थपिएका छन । आज थप ४ जना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या ९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




