मुख्य समाचार

पहिरोमा परी बेपत्ता भएका व्यक्तिको जतिसक्दो चाडो उद्दार गर्न सभापति देउवाको माग

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अविरल वर्षपछि देशका विभिन्न स्थानमा गएको पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरुको जतिसक्दो चाडो उद्दार गर्न सरकारसँग माग गरेका छन ।
देउवाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी र कालिकोटको महाबै गाउँपालिका–३ मा गएको पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरुको जतिसक्दो चाडो उद्दार गर्न सरकारसँग माग गरेका हुन । उनले पहिरोमा परी घाइते भएकाहरुको तत्काल उपचार गर्ने प्रवन्ध मिलाउन अनुरोध गरेका छन ।
पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्त्रण गरेर उचित वासको प्रवन्ध गर्न र आवस्यक क्षतिपुर्ति दिलाउन पनि सभापति देउवाले माग गरेका छन ।
देउवाले पहिरोमा परेर ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *