रिबन

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का घरबाटै पक्राउ

 काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई प्रहरीले पक्राउ परेका छन् ।
व्यक्ति अपहरण तथा शरीर बन्धक आरोपमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले उनलाई पक्राउ गरिएको रामेछाप प्रहरीले जनाएको छ ।
स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर चेकमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको उजुरीको आधारमा अनुसन्धान गर्न पक्राउ गरिएको रामेछापका डिएसपी वसन्त पाठकले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *