रिबन

अनुमतिबिना जर्बजस्ती काठमाडौँ प्रवेश गर्न खोज्ने साढे १९ हजार फिर्ता

काठमाडौं । अनुमति नलिई जर्बजस्ती काठमाडौं प्रवेश गर्न खोज्ने साढे १९ हजारलाई बाटैबाट फिर्ता पठाएको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले उपत्यका प्रवेशमा कडाइ गरेको छ ।

अनुमति बिना नै काठमाडौँ प्रवेश गर्न खोज्ने ७ हजार ६ सय बढी सवारीसाधन र १९ हजार ४ सय ८३ यात्रुलाई फिर्ता पठाइएको छ।

गृह मन्त्रालयले काठमाडौँ उपत्यकामा सवारीसाधनमा जोरबिजोर प्रणालीको नियम लागू गराउन १३ वटा टोली परिचालन गरेको छ। ​गृहका अनुसार काठमाडौँमा ५ तथा ललितपुर र भक्तपुरमा चार–चारवटा टोली परिचालन गरेको हो।

सरकारले काठमाडौँ उपत्यका र कोरोनाका सक्रिय सङ्क्रमित २ सय नाघेका जिल्लामा सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरे पनि कार्यान्वयन नभएको र भींडभाड उस्तै रहेको भनेर गृहमन्त्रालयको आलोचना भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *