ताजा समाचार

पार्टीको विवाद समाधान गर्न ओली लचक, स्थायी कमिटी बैठक सुचारु गरिने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा अ‍ोली पार्टीको विवाद समाधान गर्ने विषयमा लचक भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएर विवाद समाधान गरौ भन्ने प्रस्तावमा उनी सहमत भएका हुन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा प्रधानमन्त्री ओली बैठक बोलाउन सहमत भएका हुन् । दुवै अध्यक्षबीच बैठकका एजेन्डाबारे छलफल हुने स्रोतको दाबी छ । दुवै अध्यक्षबीचको बैठक पुनः भोली बालुवाटारमा बस्ने भएको छ ।

‘आजको बैठकमा स्थायी कमिटी बैठक बोलाउन प्रधानमन्त्रीजी सहमत हुनु भएको छ’, स्रोतले भन्यो, ‘बैठकका नयाँ एजेण्डा तय गरेर बैठक बोलाउन दुवै अध्यक्ष सहमत हुनुहुन्छ । सम्भवत भोलीको बैठकले एजेण्डा तय गरेर बैठकको मिति टुंगो लगाउने छ ।’

यसअघिको भेटवार्तामा प्रधानमन्त्री ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक छलेर सचिवालय बैठक बोलाउने अडान लिँदै आएका थिए । उनले कोरोना भाइरसको संक्रमणका कारण ठूलो संख्यामा जम्मा हुन नहुने तर्क गर्दै आएका थिए । प्रधानमन्त्रीले यसअघि अबको पाँच दिनभित्र नेकपाको विवाद समाधान हुने दाबी गरेका थिए । उनले नेकपाभित्र विवाद नभएको पनि दाबी गरेका थिए । उनले पाँच वर्ष सरकार परिवर्तन नहुने सहमति अध्यक्ष प्रचण्डसँग गरेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *