रिबन

नेपालमा थपिए ३ सय ३८ कोरोना संक्रमित, उपत्यकामा आज ४३ जनामा संक्रमण

काठमाडौं । नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *