काठमाडौं। नेपालमा कोरोनाको संक्रमण र मृत्यूको ग्राफ पछिल्ला दिनमा चिन्ताजनक रुपमा बढ्दै गएको छ । त्यसमा पनि काठमाडौं उपत्यका लगायतका देशका उच्च जनघनत्व भएका प्रमुख सहरहरु जोखिम पनि उत्तिकै बढेको छ ।
आइतबार ३८० जना कोरोना संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । २४ घण्टामा ४० जना मात्र संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । ८ हजार ५ सय १५ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा १८० जनामा कोरोना पुष्टि भएको हो । आज काठमाडौं उपत्यकामा मात्र ९० जना संक्रमित थपिएका छन ।
सक्रिय संक्रमित ६ हजार ५ सय ४४ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमार्फत जानकारी दिए ।
हलासम्म कोरोनालाई जितेर हालसम्म १६ हजार ५ सय ४४ जना डिस्चार्ज भएका छन । क्वारेन्टाइनमा ११ हजार ३ सय ३८ रहेको मन्त्रालयले जनाएको छ ।
खोटाङ, धनकुटा, खुवासभा, मनाङ, मुस्ताङ,डाल्पा, र हुम्ला गरी ७ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन । पर्सा,रौतहट, महोत्तरी र कैलालीमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन ।
कोरोनाका कारण मृतकको संख्या ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




