काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले आइतबारमात्रै काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा वादलदेखि देशका शीर्ष नेताहरू र नेपाल प्रहरीका आईजीपी शैलेश थापालाई भेटेर जनकपुर फर्केका थिए ।
मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सामेल भई देशकै शीर्ष नेताहरूसँग भेटघाट गरेर फर्केर गएपछि उनलाई कोरोना देखिएको हो त्यतिबेला यादवले प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक थापालगायतसँग भेटघाट गरेका थिए। मन्त्री यादवले बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्।
आइतवार काठमाडौंबाट फर्केर सोमवार स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको उनले बताए। कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कोरोनाको कुनै लक्षण नरहेको उनले बताए । एक साता लामो काठमाडौं बसाई पछि उनी साउन १८ गते जनकपुर फर्केका थिए । फर्केको भोलिपल्ट साउन १९ गते स्वाब संकलन गराएका उनको रिपोर्ट बुधबार पोजेटिभ आएको हो । एक साताअघि मन्त्रि यादव, भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, उद्योग वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायसहितको टोली सिरहाको कमलानदी, घुर्मी नदी, बतहा नदी, बलान नदी, गागन नदीलगायतको क्षती निरिक्षण गर्न सिरहा गएका थिए । सो क्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल, प्रदेश सांसदहरू, कार्यलय प्रमुखहरू, स्थानीय तहका प्रमुखहरू, राजनीतिक दलका प्रतिधिधिहरू र केही पत्रकारहरू समेत सहभागी थिए ।




