ताजा समाचार

कोरोनाको कहर बढेसँगै आजबाट जोरविजोर लागु हुने

 काठमाडौं। कोरोनाको जोखिम बढेपछि सरकारले बिहीबारबाट लागू हुनेगरी सवारी साधानमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ। गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यका र उपत्यका बाहिर २ सयभन्दा धेरै कोरोना संक्रमित भएको जिल्लामा जोर बिजोर प्रणाली कार्यान्वयन गरिने जानकारी दिदै जोर विजोर लागु गर्ने भएको हो ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको सूचनामा काठमाडौं उपत्यका भित्रिने सवारी साधानलाई यसअघि नै लागू गरिएको बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म प्रवेश गर्न नदिने जनाइएको छ। २ सयभन्दा धेरै कोरोना संक्रमित भएको जिल्लाका शहरी क्षेत्रमा बेलुका ९ बजेदेखि बिहान ७ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइएको छ। यस्तै सरकारले निर्णय गरेकोबाहेक अन्यलाई अन्तर्राष्ट्रिय सीमामा आवतजावतसमेत बन्द गरिएको जनाएको छ। यस्तै विभिन्न जिल्ला तथा क्षेत्रहरुमा कोरोनाको जोखिम बढेमा जिल्लास्थित कोभिड–१९ महामारी व्यवस्थापन सञ्चालन केन्द्रले आवश्यक निर्णय गरी कडाई गर्नपनि अधिकार प्रत्यायोजन गरिएको छ।
यही साउन ६ गते सरकारले लकडाउन अन्त्यको घोषणा गरेको थियो। तर, त्यसयता लगातार कोरोना संक्रमितको संख्या बढेपछि सरकारले कडाई गरेको हो।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *