रिबन

ट्राफिक महाशाखामा कार्यरत दुई प्रहरीलाई कोरोना संक्रमण

काठमाडौं । सुरक्षा निकायमा कोरोनाको संक्रमणदर बढिरहेका बेला महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएको छ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालले दुई जनामा कोरोना संक्रमण देखिएको बताए ।

उनका अनुसार संक्रमण देखिएका दुई जनालाई आइसोलेशनमा राख्नका लागि बलम्बुसिथत अस्पतालमा पठाइएको छ । महाशाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएपछि आन्तरिक व्यवस्थापनको काम सुरु गरिएको पनि उनले जानकारी दिए ।

बिहीबारसम्म काठमाडौंसहित प्रहरी प्रधान कार्यालयका गरि ५३ प्रहरीमा कोरोना संक्रमण देखिसकेको थियो । प्रहरी प्रधानकार्यालयमा सवारी शाखामा कार्यरत प्रहरीलाई सबैभन्दा बढी कोरोना संक्रमण देखिएकाले अहिले सवारी शाखालाई सिल गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *