काठमाडौं । एमसीसीको पक्षमा लागेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई टाउको काट्ने धम्की आएको छ । मन्त्री भट्टले बिहीबार संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको बैठकमा आफूलाई टाउको काटेर ज्यान मार्ने धम्की आएको बताएका छन् ।
मन्त्री भट्टले एमसीसीको पक्षमा मतदान गरेमा बझाङबाट फोनमा टाउको काट्ने धम्की आएको उल्लेख गरे । मन्त्री भट्टले आफूले एमसिसी सम्झौता पढेको छ भनेर सोध्दा पढ्ने जिम्मा आफ्नो नभएको तर पास नगर्ने भनेपछि नगर्ने भन्ने जवाफ दिएको समेत बताए ।




