रिबन

पर्सा र बारामा कोरोना संक्रमण जटिल बन्दै, संक्रमित घरमै बस्न बाध्य

वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरस संक्रमणको अवस्था दिन प्रतिदिन विकराल बन्दै गएको छ । केही साताअघिसम्म संक्रमण शून्य रहेको वीरगञ्जमा केही दिनदेखि संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

पछिल्लो पटक पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् ।

वीरगञ्जस्थित सेनाको ब्यारेका ३४ वर्षका २ जना नेपाली सेनामा कोरोना देखिएको छ । ११ जना अस्पतालको क्वार्टरमा बस्दै आएका र ४ जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

बाराको जीतपुर स्वास्थ्य चौकीमा कार्यरत दुई पुरुष र कलैयाका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । पछिल्लो समय अस्पतालमा शैय्या अभाव भएर संक्रमितहरू घरमै बस्न बाध्य भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *