काठमाडौं । आजीवन कारावासको सजाय भोगिरहेका पत्नी हत्याका अभियुक्त पूर्व डिआइजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले आफ्नै नजिरलाई उल्टाउदै ८ बर्ष ६ महिनामा थुनामुक्त गरिदियो । थुनामुक्त हुँदा उनकी प्रेमिका तारा रेग्मी गाडी लिएर डिल्लीबजार पुगिन ।
तारा रेग्मी तत्कालिन समयमै मतियारका रुपमा एक वर्ष कैद सजाय भोगेर थुनामुक्त भएकी थिइन । त्यहाँ उनीहरु दुवैको गज्जब माया पिरती झल्कियो । रञ्जनले हात हल्लाए ताराले मन्द मुस्कान दिइन । पत्नी हत्याराको जीत भएको आभाष भएथ्यो । तत्कालिन समयमा तीन तहका अदालतले साविती बयानका आधारमा पूर्ण दोषी ठहर गर्दे जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्व डिआइजी कोइरालाको सजाय छुटले न्यायधीश र न्यायलयमाथि अविश्वास सिर्जना गरेको छ । आफ्नै फैसलालाई संगति नमिलाई अभियुक्तको सजाय कटौतिले अविश्वास लाभ पैदा भयो । सर्वश्वसहित जन्मकैद भुक्तान गरिरहेको अवस्थामा ८ बर्ष ६ महिना मै थुनामुक्त भएपछि अपराधी सान देखाएर हात हल्लाउदै जेलबाट छुट्दा लाजमर्दो घृणा मात्रै भएन सरासर न्यायको खिल्ली उडेको छ । यसले सर्वोच्च अदालतले दिने न्याय प्रकृयामा विचलन आएको आभाष हुन्छ । सत्तारुढ दल आन्तरिक विवादमा फसेको र न्याय प्रकृयामा राजनीतिक स्वार्थको गन्ध आइरहेका बेला सर्वोच्च अदालतको यस्तो फैसलाले अपराध घटाउने भन्दा अपराधीको मनोबल बढाउन अभिप्रेरित गरेको देखिन्छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ ले न्यायाधीशलाई ‘जन्मकैद गर्नुपर्ने मुद्दाको अभियुक्तले कसुर गरेको कुरामा अदालतमा साबित भएको र मिसिलमा संलग्न प्रमाणबाट त्यस्तो साबिति साँचो देखिएमा निजलाई जन्मकैदको सजाय दिँदा त्यस्तो कसुर गर्दाको परिस्थितीलाई विचार गर्दा न्यायको रोहमा बढी पर्ने भई न्यायाधीशले घटी सजाय गर्न उपयुक्त देखेमा सोको कारण खलाई रायसहितको फैसला गर्न सक्ने’ विशेषाधिकारकै दुरुपयोग भएको भन्ने ठाउँ प्रसस्त छ ।
प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा संलग्न इजलाशले यस्तो फैसला गरेपछि कानुन विदहरुले यसलाई कानुनकै असान्दर्भिक व्याख्या समेत भनेका छन् । अदालतले नावालक छोराहरुको भविष्यलाई देखाएर सजाय कम गरेको देखिन्छ जबकि तत्कालिन समयमा नावालक रहेका दुई छोरा अहिले किशोर भइसकेका छन् । उनीहरुके उमेर नै क्रमश सानो छोराको १८ वर्ष र ठूलो छोराको उमेर २२ बर्षको छ । त्यसमाथि आमाको हत्यरालाई अभिभावक मान्नु पर्ने कस्तो फैसला गरेको भन्ने पश्न उठेकै बेला रञ्जन जेलमुक्त हुदाँको बखत गीतको हत्या योजनाको मतियारको रुपमा रहेकी प्रेमिका तारा रेग्मी जुलबाहिर लिन जानु र उनकै कारमा रञ्जन फर्कनुलाई सर्वोच्चको फैसाल पूरै असान्दर्भिक रहेको प्रष्ट हुन्छ । रन्जन कोइरालाले नै श्रीमती गीता ढकालको हत्या गरेका हुन् भन्नेमा तीन तहकै अदालत सहमत भएका छन् । सर्वोच्च अदालतको अहिलेको फैसलामा पनि त्यो सहमती देखिन्छ । प्रहरी अनुसन्धानले बाहिर ल्याएको सत्यता र बयानमा पनि उनले आफू हत्यरा भएको स्वीकारेका छन् । योजनावद्ध रुपमा उनले गरेको यस्तो अपराधलाई सर्वोच्च अदालतले पनि स्वीकारेपछि अहिले नावालको संरक्षणलाई देखाएर नाजायज फैसाला गर्नुको अर्थ के हो भन्ने प्रश्नले जवाफ पाएको छैन । सजाय निर्धारण गर्दा भने अदालतले कानूनको असान्दर्भिक प्रयोग गरेको छ र रन्जनले यसरी योजनाबद्ध तरिकाले गरेको अपराधमा माफी मिनाह गर्नुको उदेश्य के यसको पनि उत्तर फैसलामा देखिदैन ।
फैसलामा ‘साविक मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं। तथा हाल प्रचलित फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ को दफा १७ ९क० बमोजिम ८ बर्ष ६ महिना कैद सजाय गर्दा पनि सजायको मकसद पूरा हुने देखिएकोले पुनरावेदक प्रतिवादी रन्जनप्रसाद कोइरालालाई ८ बर्ष ६ महिना कैद हुने ठहर्छ,’ भनिएको छ । तर यसअघि उनको साविति बयान, प्रमाण र स्वंय अदालतको फैसलाबारे भने सर्वोच्च अदालत मौन छ । पत्नी गीता ढकालको हत्या पुष्टि भएपछि आजीवन कारावासको सजाय भोग्दै आएका डिआइजी कोइरालाको सजाय सर्वोच्च अदालतले सजाय घटाइदिएपछि सामाजिक सञ्जालमा मात्र होइन सडकमा समेत विरोधका आवाज आएका छन् । खासगरी न्यायलय र न्यायधीशमाथि विश्वासको संकट उत्पन्न भएको आम नागरिकको आवाज मुखरित भएको छ ।
सशस्त्र प्रहरी बलको डीआईजी रहेकै बेला २७ पुस २०६८ मा उनले पत्नी गीता ढकालको हत्या गरी मकवानपुरको जंगलमा लगेर शव समेत जलाएका थिए । शव जलाएर फर्कदै गर्दा उनी स्थानीय वासिन्दाको कब्जा परेपछि प्रहरीले अनुसन्धान गरी अदालतमा बुझाएको थियो । बुढानिलकण्ठस्थित घरमा हत्या गरेर गीताको शव मकवानपुर जिल्लाको जंगलमा लगेर जलाएको काठमाडौ जिल्ला आदलत, तत्कालिन पुरानावेदन अदालत र सर्वोच्च अदालतमा पुष्टि भयो । सर्वोच्च अदालतले पनि जिल्ला अदालतबाट दोषी ठहर भई सर्वश्वसहित जन्मकैद सहितको सजायलाई सदर गरेको थियो । तर १५ असार २०७७ मा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले भने कैद घटाएर ८ बर्ष ६ महिना कायम गरेपछि उनी मुक्ता भए । ८ माघ २०६८ मा पक्राउ परेका उनले आफूलाई पत्नी हत्या गरेको हुँ भन्ने विर्सेर अदालत परिसरबाटै विजयी भाव प्रस्तुत गरे जुन कानुन र कानुनकै खिलाफ थियो । अहिले भने सर्वोच्च अदालतको सो फैसलालसर्वोच्चले नै सच्याउन संकेत देखिएको छ ।




