ताजा समाचार

आइतबार थप १३० जनामा कोरोना पुष्टि, ७५ जना डिस्चार्ज

काठमाडौं। आइतबार १३० जना कोरोना संक्रमित थपिएका छन । गत २४ घण्टामा ७५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
हलासम्म कोरोनालाई जितेर हालसम्म १३ हजार १ सय २८ जना डिस्चार्ज भएका छन । नेपालमा कोरोना निको हुनेको दर ७०.५ प्रतिशत रहेको छ ।

नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ६ सय १३ पुगेको छ। काेराेनाका कारण ४५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । विगत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ३ सयकाे परीक्षण भएको मन्त्रालयले जनाएको छ। क्वारेन्टाइनमा १७ हजार रहेको मन्त्रालयले जनाएको छ । ५ हजार ४ सय ४० जना सक्रिय संक्रमित छन ।

भोजपुर, पाँचथर, संखुवासभा, रसुवा,मनाङ, मुस्ताङ गरी ६ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेका छन ।

कुन प्रदेशमा कति सक्रिय संक्रमित ?
प्रदेश नम्बर १ मा १८६, प्रदेश नम्बर २ मा १८७३, बागमतीमा ४४४, गण्डकीमा २९४, प्रदेश नम्बर ३५८, कर्णाली प्रदेशमा ३६७ र सुदुरपश्चिम प्रदेशमा १९१८ सक्रिय संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *