ताजा समाचार

बुधबार ४८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ४६ पुग्यो

काठमाडौं। बुधबार ४८२ जना कोरोना संक्रमित थपिएका छन । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुग्यो । जसमध्ये १२ हजार २ सय ७२ पुरुष र १७ सय ७४ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

हलासम्म कोरोनालाई जितेर हालसम्म ४ हजार ६ सय ५६ जना डिस्चार्ज भएका छन । हालसम्म २ लाख ३३ हजार २ सय २७ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । क्वारेन्टाइनमा ४८ हजार ३ सय ६२ जना र आइसोलेशनमा ९ हजार ३ सय ६० जना रहेको मन्त्रालयले जनाएको छ ।

आज प्रदेश नम्बर १ मा २८,प्रदेश नम्बर २ मा ६२,बागमती प्रदेशमा ३०,गण्डकी प्रदेशमा ४१, प्रदेश नम्बर ५ मा ३६,कर्णाली प्रदेशमा ४२ र सुदुरपश्चिम प्रदेशमा २४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

महाेत्तरी, राैतहट, सर्लाही, कपिलवस्तु, दाग,दैलेख र कैलाली जिल्लाहरुमा संक्रमित स‌ंख्या ५ सय नाघेकाे छ ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार थप एक जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ३० पुगेको हो ।

अछाम रामरोशन गाउँपालिका ४५ वर्षीय एक पुरुषको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ ।  मधुमेहबाट समेत पीडित उनकाे असार १३ गते बयलपाटा अस्पतालमा भर्ना भएका  असार १४ गते मृत्यु भएको थियो । उनको मृत्युपछि लिएको स्वाबको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

हलसम्म ३० जनाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति संक्रमित ?
प्रदेश नम्बर १ मा ६२३, प्रदेश नम्बर २ मा ३८५६, बागमतीमा ४५८, गण्डकीमा १०८५, प्रदेश नम्बर ५ मा ३८४३, कर्णाली प्रदेशमा १५०८ र सुदुरपश्चिम प्रदेशमा २७ सय संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *