ताजा समाचार

सोमबार ४७६ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या १३ हजार २ सय ४८ पुग्यो

काठमाडौं। सोमबार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३६४ पुरुष र ११३ जना महिला छन ।
७७ जिल्लामा कोरोना देखिएको छ । नेपालमा १३ हजार २ सय ४८ कोरोना संक्रमितको संख्या पुगेको छ । जसमध्ये ११ हजार ६ सय ६२ जना पुरुष र १५ सय ८६ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *