काठमाडौं । नेपालमा सोमबार थप ४५१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार गरेको मिडिया ब्रिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार ३५ महिला र ४१६ पुरुषमा संक्रमण देखिएको छ । याे सँगै देशभर संक्रमितकाे संख्या ६ हजार २ सय ११ पुगेकाे छ । जसमा ४७१ महिला ५ हजार ७४० पुरूष छन् । गएकाे २४ घन्टामा कसैकाे पनि मृत्यु नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।




