ताजा समाचार

निजी प्रयोगशालालाई पनि कोरोनाभाइरसको परीक्षण गर्न दिने निर्णय

काठमाडौं । सरकारले निजी प्रयोगशालाहरूलाई पनि कोरोनाभाइरसको परीक्षण गर्न दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार निजी प्रयोगशालामा परीक्षण गर्दा लाग्ने खर्च स्वास्थ्य मन्त्रालयले नै व्यहोर्ने छ।

पछिल्लो समय सरकारी प्रयोगशालाहरूले परीक्षण धान्न नसकेपछि सरकारले निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्ने अनुमति दिएको हो।

अब स्वीकृति लिएर संकलन भएका नमूनाहरू प्रकृया पुरा गरी निजी प्रयोगशालाहरूलाई पनि जाँच्न दिइने अाइतबारकाे नियमित मिडिया ब्रिफ्रिङकाे क्रममा प्रवक्ता गौतमले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *