काठमाण्डौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्दै गएपछि क्यालिफोर्निया राज्यका नागरिकलाई ‘घरभित्रै रहन’ आग्रह गरिएको छ । भाइरसको सङ्क्रमण थप फैलिन नदिन क्यालिफोर्निया राज्यले नागरिकहरुलाई अत्यावश्यक कामबाहेकाे अवस्थामा घरबाट बाहिर निसक्न आग्रह गरिएकाे हो ।
गभर्नर गभिन न्युसमले क्यालिफोर्नियाका नागरिकले भाइरसको महामारीका बीच आवश्यक पर्दा मात्र घरबाहिर निस्कन सक्ने बताएका हुन् । गभर्नर न्युसमले यसअघि नै चार करोड जनसङ्ख्या रहेको राज्यमा आउँदो दुई महिनामा आधाभन्दा बढी भाइरसको सम्पर्कमा आउन सक्ने बताएका थिए । अहिलेसम्म कोरोनाका कारण अमेरिकामा दुई सय १८ जनाको ज्यान गएको छ भने १३ हजार तीन सय १६ जनामा सङ्क्रमण पाइएको छ । सङ्क्रमितमध्ये एक सय २१ जना उपचारपछि घर फर्किएका छन् । सिएनएन




