ताजा समाचार

नेकपा सांसदले अब देखि १२ हजार लेवी तिर्नुपर्ने

काडठमाण्डाैं। करिव दुइ बर्षपछि बसेकाे नेकपाकाे केन्द्रिय समितिकाे वैठकले सांसदहरूले कति रूपैया मासिक लेवी तिर्नुपर्छ भन्ने पनि निर्णय गरेकाे छ।लामाे समय पछि बसेकाे नेकपा केन्द्रिय समितिले गरेकाे निर्णय अनुसार अब हरेक महिना सांसदले १२ हजार रूपैयाँ तिर्नुपर्नेछ।नेकपा एक भएपछि कसले कति लेवी तिर्ने भन्ने अन्याेल थियाे।अब नेकपाले सांसदसंग लेवी उठाउनेछ।

यसअघि नेकपा एमालेले हरेक सांसदसंग १३ हजार रूपैयाँ लेवी उठाएकाे थियाे भने नेकपा माअेावादीले १२ हजार रूपैयाँ उठाएकाे थियाे।केन्द्रिय समितिकाे वैठकबाट भने याे समस्या हल भएकाे छ।दुइ खालकाे लेवी प्रणाली हुदा कुन उठाउने भन्ने समस्या उत्पन्न भएकाे थियाे।अब समस्या हटेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *