काठमाण्डाैं।नेकपा केन्द्रीय समिति वैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाइ गालेका छन। बाेलेपछि यसबाट पछि नहट्ने स्वभावका ओलीलाइ एमसीसी यतिकै पास गर्न मिल्दैन भनेर यसवारेमा अध्ययन गर्न कमिटी नै गठन गरिदिएका छन।एमसीसी देशकाे हितमा छैन भनेर लामाे समय देखि वाेल्दै यसकाे विराेध गर्दै अाएका भीम रावल समेत रहेकाे कमिटीले अब दस दिनसम्म अध्ययन गर्नेछ।
यस टाेलीमा झलनाथ खनाल,भीम रावल,प्रदीप ज्ञवाली रहेका छन।एमसीसीकाे वारेमा अध्ययन गर्न समिति गठन गर्न निर्देशन दिदर् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसवारेमा उठेका सवै खालका विषय अध्यन गर्नु भनेका छन।यसले नेकपाले एमसीसी हुवहु संसदमा अगाडि नबढाउने प्रष्ट भएकाे छ।तर स्वयम अेालीले भने प्रथम वैठकमा नैएमसीसीमा धेरै विवाद नगराैं,यसलाइ पास गराैं भनेका थिए।उनकाे कुरालाइ केन्द्रिय सदस्यले सहज रूपमा लिएनन।




