ताजा समाचार

सर्वाेच्चमा मुद्धा चल्दा चल्दै सभामुख सापकाेटाले सपथ लिए

काठमाण्डाैं।सभामुख अग्नि सापकाेटाले सभामुखकाे सपथ लिएका छन।साेमवार राष्ट्रपति विधादेवी भण्डारीले उनलाइ पद तथा गाेपनियताकाे सपथ खुवाएकी हुन।उनले सपथ खुवाएपछि अब सापकाेटा नेपालकाे ८ अाैं सभामुख भएका छन।चार महिना देखि रिक्त सभामुख पद पुर्ति भएकाेछ।

सापकाेटाले साेमवार सपथ लिइरहदा उनलाइ सभामुख बनाउन हुन्न भनेर परेकाेरिट भने न्यायाधिश सपना प्रधान मल्लाकाे इजलाशमा परेकाे छ।मुद्धाले कुन रूप लिने भन्ने टुंगाे नलाग्दा उनले भने सभामुखकाे सपथ लिइसकेका छन। राष्ट्रपति भवन शीतल निवासमा सपथ कार्यक्रम चलिरहदा केही मानव अधिकारकर्मीले भने उनलाइ सपथ खुवाउन हुन्न भनेर महारागगन्जमा विराेध प्रदर्शन गरेका थिए।यस क्रममा चरण प्रसाइ सहितका एक दर्जन अधिकारकर्मीहरू भने पक्राउ परेका छन।उनीहरूलाइ महाराजगन्ज प्रहरी कार्यालयमा राखिएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *