काठमाण्डाैं।नेकपा भित्र नयाँ खेल सुरू भएकाे छ। कांंग्रेस सभापति शेरवहादुर देउवासंग मिठाे सम्वन्ध रहेका पुष्पकमल दाहाल प्रचण्ड यतिबेला उनलाई साथमा राख्न चाहिरहेका छन।
सरकारमा प्रचण्डकाे जाेडबलमा उपेन्द्र यादवलाई राखिएपनि उनी निस्किएपछि यतिवेला देउवा र प्रचण्ड गठजाेड गरिरहेका छन।यहि गठजाेडकाे बलमा देउवा संसदमा उपसभामुख मागिरहेका छन भने प्रधानमन्त्री केपी ओली भने कांग्रेसकाे ठाउँमा राजपालाई उपसभामुख दिन चाहन्छन।
प्रचण्डकाे अनुराेधमा देउवाले सभामुखमा कांग्रेसबाट कसैलाई उम्मेदवार बनाएनन । अब उनलाई उपसभामुख दिलाउने खेलमा प्रचण्ड लागेका छन।तर प्रधानमन्त्री अेाली भने राजपालाई सरकारमा प्रवेश गराउने र सरकारमा दुई तिहाइ पुरयाउने चक्करमा छन।यता प्रचण्ड भने उपसभामुख कांग्रेसलाई दिने र राजपालाई सरकारबाट बाहिर राखेर अेालीकाे दुई तिहाई पुग्न नदिने चक्करमा छन।यहि खेलमा कांग्रेस पसेकेा छ।अब यसले कुन नतिजा दिने हाे भने त्याे भने केही दिनमा प्रष्ट हुनेछ।




