काठमाण्डाैं। नेकपा उम्मेदवार अग्नी सापकाेटाकाे विरूद्धमा नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिएपछि अब सापकाेटा सर्वसम्मत रूपमा सभामुख हुने भएका छन। उनकाे विरूद्धमा कसैकाे पनि उम्मेदवारी परेकाे छैन। साेमवार सापकाेटा विरूद्ध बक्तब्य जारी गरेकाे नेपाली कांग्रेसले अचानक यु टर्न लिंदै उम्मेदवारी दिएन।जबकि कांग्रेसले पुष्पा भुषाललाइ उम्मेदवार बनाउने तयारी गरेकाे थियाे।
तर अब सभामुख सर्वसम्मत बनाउनुपर्छ भन्दै कांग्रेस पछि हटेकाे छ। सापकाेटाकाे पुर्वसभामुख तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रस्तावक बसेका छन भने देव गुरूङ,अेानसरी घर्ती र राजपा सांसद अेानसरी घर्ती समर्थक बसेका छन।सापकाेटा माघ १२ गते सभामुख हुनेछन। तर उपसभामुखमा भने कुनै निर्णय राजनीतिक दलले गरेका छैनन।सभामुखमा राजपाले समर्थन गरेकाेले उपसभामुख राजपालाई नेकपाले दिन लागेकाे कुरा वुझिन्छ। राजपाले चन्दा चाैधरी र अमृता अग्रहरी मध्ये एकलाई उपसभामुख बनाउने तयारी गरेकाे बताइएकाे छ ।




