माओवादीको हिंसात्मक कारबाहीमा परेका पाँच हजार नपाली नागरिकको मात्र जिम्मेवारी आफ्नो भागमा पर्ने हुँदाजिम्मेवारी म लिन्छु, रेशम चौधरीलाई सपथ खुवाउने प्रधानमन्त्री भएको बखत दिल्लीमा भेट्ने लगायतका आदि इत्यादि काम मैले नै गरेको हुँ, तुरुन्तै जन्मकैदको सजाय भोगिरहेकानिज चौधरीलाई जेलमुक्त गराई संसदमा ल्याउन म प्रयासरत छु, छिटै यी सबै काम कारबाही भैहाल्छ भन्ने तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहालको सार्वजनिक अभिव्यक्तिले नेपाली समाज मात्र होइन, अन्तर्राष्ट्रय समुदाय समेत अचम्मीत भएको छ ।
उनले सत्र हजार नेपाली मारिएको तत्कालीन माओवादी हिंसाको पाँचहजारको जिम्मेवारी कसरी लिने हुन् ? उनी कुन हैसियतमा बोल्दैछन् । कस्तो जिम्मेवा बहन गर्न खोजिरहेको हो ? कानुन बमोजिम अदालतको फैसलाले थुनामा रहेका वयक्तिलाई नेकपाका कार्यकारी अध्यक्षले कसरी कुन प्रक्रियाका आधारमा थुनामुक्त गराउने फरमान जारी गरेका हुन् ?
सभामुख बनाउन नसक्ने, एमालेमा पार्टी विलय गराउने, ओलीको कार्यकारी अध्यक्ष भएर बस्न तयार हुने व्यक्तिले गरेको अधिनायकवादी हैकमलाई कसले पत्याउने, विश्वास गर्ने र सहयोग हुने ? परिवारवादमा लिप्त भएर ठेकेदारको आलिशान महलमा बसेर दलाल पुँजीपतिहरुको प्रक्षेपण गर्ने अनि कम्युनिष्ट धङधङीका थोत्रा गफ कसले सुनिदिने ? कहिले ओलीसँग हातेमालो गर्न खोज्ने, कहिले माधव झलनाथसँग माया प्रेम कसेर ओलीलाई एक्ल्याउन अघि सर्ने, कुनै भरोसा र विश्वास नभएका व्यक्तिको धारणा र अभिव्यक्तिलाई के भन्ने ?
संवेदनशील विषय र सन्दर्भप्रति पनि गम्भीर हुन नसक्ने चरित्र भएका पुष्पकमल दाहाल बेमौसमी बजा बजाउन अवसरवादी चरित्र देखाउन कहिलेकाहीं क्रान्तिकारी अभिनय गर्न खोज्छन् तर त्यो अभिनयमा कला नै हुँदैन । कलाविहीन अभिनयलाई दर्शकले रुचाउदैनन् । दाहालका अभिव्यक्तिहरु आजकल त्यसैले धेरै खपत नभएको होला, पाँच हजारको जिम्मा लिने र रेशम चौधरीालई छुाटइदिने सपत योग्य अभिव्यक्ति सार्वजनिक गर्नुभएको छ।
हामी चमत्कार नै गरेर देखाउँछौं भन्ने दाबी सत्य सावित हुँदै गएको छ । भ्रष्टाचारमा चम्तकार भएको छ, अनियमितता, नातावाद, क्रिपावाद तथा अनिर्णयको मामिलामा पनि नेकपा, यसका अध्यक्षद्वय तथा प्रधानमन्त्रीले चमत्कार नै गरेका छन् । सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा संसदको बैठक स्थगित गरेर पनि चमत्कार नै प्रदर्शित भएको छ । करिब दुई तिहाई नजिकको संसद र उक्त संसदको समथृनको सरकार आधा वर्षे गुज्रिदासम्म जम्मा १४ प्रतिशत बजेट खर्च गर्न नसकेर पनि चमत्कार नै देखाइरहेको छ ।
स्थायी, बलियो र स्थिर भनिएको सरकार विवादास्पद नागरिकका संविधान प्रदत्त हक अधिकार कुण्ठित गर्ने नियोजित प्रयासका विभिन्न विधेयकहरु ल्याएर चमत्कार देखाउन खोजि रहेकै छ । के यसैलाई चमत्कार भन्न खोजिएको हो वा लिपुलेक, कालापानी र लिम्पियाधुरासमेत भारतको राजनीतिक नक्सामा राखी सार्वजनिक गरिएको घटनाका बारेमा मौनता प्रदर्शन गर्ने कार्यलाई चमत्कारको उपमा दिइएको हो ? ओली दाहाल संवादहिनता (बोलाचालबन्द) को अवस्थालाई चमत्कारको रुपमा नेपाली जनताले बुझिदिनु पर्ने हो ? पार्टी एकता गरेर विश्व कम्युनिष्ट आन्दोलनलाई उदाहरण पेश गर्छौं भन्ने एमाले माओवादीको भाग बण्डाको झगडालाई चमत्कार भनेर पत्रपत्रिकाका सम्पादकहरुले मन मुटुदेखि चमत्कार भएको समाचार बनाउने शाहस देखाउनु पर्ने हो ? लोकतान्त्रिक व्वस्थालाई सुनिश्चित गरेको संविधान बमोजिम बनेको र सपथ खाएको सरकारले अलोकतान्त्रिक र जनअधिकार विरोधी कार्यका लागि विभिन्न किसिमले गरेको प्रयासलाई चमत्कारको सज्ञा दिएको हो ? वा पार्टी एकताको नाममा नेपाली जनताको भावनामाथि खेलवाड गर्ने सुविधाजनक बहुमतको दुरुपयोग गर्न पाएको अवस्थालाई चमत्कार भनिएको हो ?
प्रतिपक्ष दलको समेत विरोधका शसक्त सामना गर्नु नपरेको, संसदको बलियो साथ, सहयोग र समर्थन रहेको, नेपाली जनतालाई मिठो र सुन्दर सपना देखाएको कम्युनिष्टको सरकार सम्पूर्ण क्षेत्रमा असफल भएको छ । निर्णय लिन असफल भएको छ, नियुक्ति गर्न असफल भएको छ, विधेयक ल्याउँदा असफल भएको छ, सरोकारावालाहरुको असन्तुष्टि रहेको, सभामुख बनाउन असफल भएको छ, ढुकुटीको रकम विनियोजन गरेको शीर्षकमा खर्च गर्न असफल भएको छ । दुई तिहाईको समर्थन मात्र प्राप्त गरेको छ कि काम गर्न सक्ने क्षमता र वातावरण निर्माण महत्वपूर्ण रहेको भन्ने सरकारले बुझेको छ ?
जनतालाई तर्साएर र कसेर शासन व्यवस्था सञ्चालन गर्छु भन्ने अधिनायकवादी, निरंकुश, स्वेच्छाचारी सोचले सुखी नेपाली, समृद्ध नेपाल हुने भए राणा शासन, पञ्चायत सफल भैहाल्थ्यो ।
चौध वर्ष जेल बसेको प्रमाणपत्रले सुख र समृद्धि आउने भए त्यसको लक्ष्मण देखिन्थ्यो होला । भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले सुशासन दिने भए नेपालको छवि यसरी बिग्रने नै थिएन । लाखौं युवा विदेशिनु पर्ने अवस्था आउने नै थिएन । विदेशको कठोर परिश्रमबाट पठाएको विप्रेषण खर्च गर्न नसकेर सरकार असफल भएको सन्देश जाने नै थिए । लाखौं युवाहरु देश, स्थिरता, सुशासन र समृद्धितर्फ अगाडि बढेको महसुस गरी स्वतफूर्त स्वदेश फर्किसकेका हुने थिएनन् ।
नेपाली जनताले लोकन्त्रको विकल्प खोजेका थिएनन्, खोजेका थिए, सरकारको विकल्प मात्र । कतै कम्युनिष्टहरु रुपान्तरित भएर देश र जनताको पक्षमा निर्णय लिन्छन् कि भन्ने झिनो आशा राखेर मतदान गरेका जनता अझ बढी निराश भएका छन् । ठूलो गल्ती गरेको महसुस भएको छ । सर्पलाई दूध खुवाएको आभाष गरेका छन् नेपाली जनताले । जनताप्रति यति धेरै खेलवाड त कहिल्यै भएको थिएन, हद नै नाघेर सरकार जनविरोधी हुन थाल्यो भन्ने सुनिन्छ । सर्वसाधारण मानिसले के भन्छन् भन्ने कुराले महत्व राख्छ ।
कम्युनिष्ट चरित्र त यस्तो कल्पना नै गर्न नसकिने हुँदो रहेछ भन्ने प्रतिक्रिया आउन थालेको छ । स्थानीयदेखि केन्द्रीय सरकारसम्म पक्कड रहेको कम्युनिष्ट सरकार देश र जनताप्रति इमान्दार र उत्तरदायी नहुने रहेछ भन्ने आम धारणा बन्दै गएकोछ । शक्ति राष्ट्रहरुको स्वार्थ र चाहनालाई चिर्न नसक्ने, नचाहनेहरुको विकाउ चरित्र मौलाउँदै गएको, नेतृत्व भ्रष्ट बेइमान र दलाल पुँजीपतिहरुको पोल्टामा गएको र उनीहरुकै स्वार्थ र हितमा काम गरेको देख्दा वास्तविक रुपले रुपान्तरणको सपना देख्नेहरु अझ बढी निराश, आक्रोशित मात्र होइनन्, आन्दोलित हुने परिस्थिति विकसित भएको छ ।




