काठमाण्डाैं।काठमाण्डाैंमा सभामुख चयन प्रक्रिया अलपत्र छाडेर अचानक चितवन पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रिय राजनीतिमा समस्या भएकाे बताएका छन।
उनले मंगलवार चितवनकाे माडीमा पुगेर छाेटाे सम्वाेधन गर्दै केन्द्रमा थुप्रै समस्या भएकाे बताउँदै यसलाइ चिर्न धेरै वैठक गर्न वाकी रहेकाे बताए।तर उनले कस्ताे समस्या भन्ने कुरा खुलाएनन।बरू उनले चितवन र माडीकाे विकासकाे लागि आफु जस्ताे सुकै सहयाेगकाे लागि तयार रहेकाे बताए।उनले सभामा वाेल्दै जम्मा २ घण्टाकाेलागि चितवन आएकाे भन्दै चितवनकाे हरेक समस्यामा आफु सहयाेग गर्न तयार रहेकाे बताए।
एक महिना यता अध्यक्ष दाहाल सभामुख चयनकाे विषयलाई लिएर तनावमा छन।उनले अध्यक्षता गरेर बसेकाे सचिवालय वैठकले उपसभामुखले राजीनामा दिनुपर्ने कुरालेखिएपछि उपसभामुखले यसलाइ टेरपुच्छर लगाएकी छैनन।यसपछि उनी न नयाँ सभामुख राख्न सक्ने न उपसभामुख हटाउन सक्ने अवस्थामा छन।उनकाे पुर्वमाअेावादीले नै सभामुख पद पाउनुपर्ने अडान भने यथावत छ।




