ताजा समाचार

शिवमाया झन् अडिग,ज्यान गए राजीनामा नदिने अडान दोहोर्‍याइन् ,नेकपा नेतृत्वलाई पर्‍याे झन् समस्या

काठमाण्डाैं।शनिवार भन्दा आइतवार झन कडा रूपमा उपसभामुख शिवमायमा तुम्वाहाङफे उत्रिएकी छिन।उनले आइतवार सार्वजनिक रूपमा नै राजीनामा नदिने कुरा पत्रकारहरूलाई बताएकी छिन।उपसभामुख शिवमायाले पार्टी नेतृत्वलाइ चुनाैती दिदै भनिन-बरू महाअभियाेग लगाए हुन्छ तर म यतिकै राजीनामा भने दिन्न।

संविधानत सभामुख र उपसभामुख हटने तिन वटा वाटाे छन।संवैधानिक प्रावधान अनुसार,उपसभामुखले राजीनामा दिएमा,मृत्यु भएमा वा महाअभियाेग लागेमा मात्र उपसभामुख पद रिक्त रहन्छ। यहि धारा हेरेर उपसभामुखले वाेलेकी हुन।

सवैभन्दा राेचक पक्ष के छ भने जबसम्म उपसभामुखले राजीनामा दिन्नन,तबसम्म सभामुख चयनकाे बाटाे नै खुल्ला हुदैन।यदि सभामुख नेकपाले राख्ने हाे भने संवैधानिक प्रावधान अनुसार,उपसभामुख नेकपाले राख्न पाउदैन।यहि जटिलता वुझेर उपसभामुखले ठूला नेतालाइ घुँडा टेकाउने रणनीति लिएकी छिन।

शनिवार नेकपा सचिवालयले उनलाई राजीनामा दिन भनेकाे थियाे। तर,उक्त वैठकमा प्रधानमन्त्री अेाली भने वैठकमा थिएनन। आइतवार म राजीनामा दिन्न भनेर उपसभामुख भनेपछि अब नेकपाकाे निर्णय के हुन्छ भन्ने नयाँ सवाल पनि खडा भएकाे छ। कतिपय नेकपाका नेताले पार्टी निर्णय मान्नुपर्ने भनेका छन तर शिवमायाले भने याे निर्णय नमान्ने भनेपछि अब नेकपा नेतृत्व झन अप्ठयाराेमा परेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *