अनुष्का श्रेष्ठको चर्चा त्यतिबेला चुलियो जतिबेला उनले ‘मिस नेपाल’को ताज लगाउन सफल भइन् । करिब ९ महिना अगाडि मिस नेपालको ताजसँगै चर्चामा छाएकी अनुष्काको अहिले पनि कम चर्चा छैन । यो समय उनको चर्चा मिस वल्डका कारणले भएको हो ।
नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वल्ड’मा सहभागी उनले उक्त प्रतियोगितामा आफूलाई उत्कृष्ट १२ भित्र उभ्याउँदै ‘मल्टिमिडिया’, ‘ब्युटी विथ पर्पोज’ र ‘हेड टु हेड विन’ जस्ता तीन महत्वपूर्ण उपाधि नेपाल ल्याउन सफल भइन् । लन्डनमा हालै सम्पन्न ‘मिस वर्ल्ड’मा उनले नेपाललाई दिलाएको सफलता अहिलेसम्मकै ठूलो सफलता मानिएको छ । त्यसैले पनि उनी चारैतिर मिडियामा छाउन सफल भएकी छन् । यी नै मिस नेपाल अनुष्का श्रेष्ठसँग संकल्प खबर डटकमका प्रतिनिधिले गरेको कुराकानी :
‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गरेर फर्किनु भयो कस्तो अनुभूति भइहेकोछ ?
झन काम गर्ने जोस र जागर बढेको छ । गर्भ महशुस भइरहेको छ । अहिले हामी मिस वर्ल्डबाट खाली हात फर्किएका छैनौ । जुन हिसावले हामी अगाडि बढी रहेका छौ,लाग्छ एकदिन मिस वर्ल्डको ताज नेपाल ल्याउन सक्षम हुनेछौ ।
किन जित्न सकिएन त्यो ताज ?
मिस वर्ल्डको टप ५ भित्र म पर्ने निश्चित थियो । आफूले जाने बुझे अनुसार सबै प्रस्तुति दिएको थिए । मेरो मिहिनेत कस्तो थियो भन्ने त ३ अवार्ड हात पर्नुले पनि प्रष्ट पार्छ । तर,ताजसम्म म पुग्न सकिन । खै कहाँ निर के चुके । जसले गर्दा म उत्कृष्ट ५ मा पुग्न सकिन । उत्कृष्ट ५ भित्र पर्न सकेको भए ताज अवश्य जित्थे ।
मिस वर्ल्डबाट फर्किए पछिको पहिलो प्रेसमिटमा जजिङ प्रक्रिया थाहा नहुदा ताज जित्न सकिएन भन्नु भएको थियो । किन ?
हरेक प्रतियोगितामा जजिङको केही न केही प्रक्रिया हुन्छ । अघिल्लो बर्ष मिस वर्ल्डको कुरा गर्ने हो भने पनि हरेक राउण्ड पछि एउटा स्कोर बोड देखाइन्थ्यो । उक्त बोर्ड हेरेरे यो देश यो प्रक्रियामा यो पोजिसनमा रहेछ भनेर अनुमान गर्न सकिन्थ्यो । यस्तो अवस्थामा हाम्रो प्रस्तुतिको जजमेन्ट गर्न सकिन्थ्यो । अर्को देशले यो कारणले यसरी जित्यो भनेर छुट्याउन सकिन्थ्यो । उत्कृष्ट १२ बाट उत्कृष्ट ५ के आधारमा लग्यो भन्ने नै थाहा भएन । यो थाहा नहुँदा केही अनौठो भने लाग्यो । हुन त पक्कै पनि केही न केही आधारमा जजमेन्ट भएको पक्कै होला । तर त्यो प्रकृया थाहा भए राम्रो हुन्थ्यो भनेकी थिए । निर्णय गर्ने प्रक्रिया अझै पारदर्शी भए हुन्थ्यो भन्ने लाग्छ । अर्को कुरो यसपालीको प्रतिश्पर्धामा जजमेन्टको कुरो क्लिर भने थिएन ।
के सिकेर फर्किनु भयो ?
मिस वर्ल्डको यात्रा रमाइलो अनुभवको रुपमा समेत रह्यो । धेरै सिकाइको रुपमा समेत मैले लिए । बिभिन्न देशका प्रतिनिधिहरुसँग नजिकेर कामगर्दा आफूले पनि ठूलो सपना देख्ने आट पाए । यो यात्राले मलाई अझ आटिलो बनाइदिएको छ ।
नेपाली कसरी चिनाउनु भयो ?
मैले नेपाललाई माया गर्न सक्ने देशको रुपमा चिनाए । त्यहाँ आउने अन्य देशका धेरै सुन्दरीलाई नेपाल सुन्दर देश भनेर थाहा रहेछ । नेपाल युनिक र अन्य मुलुकभन्दा फरक देशको रुपमा चिनाउने प्रयास मैले गरे । त्यो गर्न मैले धेरै मिहिनेत भने गर्नु परेन । खाली नेपालका संस्कृति, बिभिन्न जातजाती भेषभुषा, भौगोलीक बनाबट, प्रकृतिक सौदर्य र चाडपर्व बर्णन गरे पुग्थ्यो ।
नेपालले जितेको तीन उपाधि कतिको महत्वपूर्ण मानिन्छ ?
नेपाल यसपाली जुन स्थानमा पुगेको छ ,त्यो ठूलो उपलब्धी हो । हामी मिस वर्ल्डको उत्कृष्ट १२ मा पुग्नुको अलवा जुनजुन ३ बिधामा हामीले उपाधी हात पार्यौ । त्यो पनि महत्वपूर्ण उपाधि थियो । यो मात्र होइन अन्य धेरै कुरामा नेपाल अगाडि थियो ।
राष्ट्रिय प्रतियोगिता र अन्तराट्रिय प्रतियोगितामा भिन्नता के रहेछ ?
धेरै भिन्नता छ । नेपालको प्रतियोगितामा ब्यक्तिगत प्रस्तुति महत्वपूर्ण मानिन्छ । हामी सबै नेपाली भएकोले नेपाल चिनाई रहनु पर्दैन । आफ्नो ब्यक्तित्व चिनाए पुग्छ । अन्तराष्ट्रिय प्रतियोगीतामा ब्यक्तिगत प्रस्तुतिको साथसाथै राष्ट्र्रिय प्रस्तुतिले एउटा ठूलो भूमिका खेल्दो रहेछ । मिस वर्ल्डमा म अनुष्का होइन नेपाल भनेर चिनिन्थे । मैले गर्ने क्रियाकलापको आधारमा अन्य प्रतियोगिको मनमा नेपालको छाप पर्थ्यो ।
मिस वर्ल्डको ताज विजेता जमैकाकी सुन्दरी तपाई भन्दा के कारणले फरक थिइन् ?
हामी सबै देशका सुन्दरीहरु एक अर्कोभन्दा धेरै भिन्नभिन्न थियौ हरेक कुराले । सायद, त्यो दिन निर्णायक मण्डलीको मनमा यसपाली मिस वर्ल्डको ताज पहिरिन सबैभन्दा सक्षम जमैकाकी सुन्दरी छन् भन्ने लाग्यो होला ।
मिस वर्ल्ड के रहेछ ?
मिस वर्ल्ड एउटा महोत्सव हो । अर्को अर्थमा महत्पूर्ण सेलिब्रेसन पनि । प्रत्येक देशबाट छानिएका सुन्दरीहरुले भरिएको महोत्सव । अर्को कुरा यो एउटा खुल्लामञ्चको रुपमा पनि मैले बुझे । हरेक देशमा प्रतिनिधिले आफूलाई लागेको जुनै खालको प्रस्तुति पनि दिन सकिने रहेछ । आयोजकले सबै प्रतिनिधिलाई एउटै सुबिधा र अवसर प्रदान गर्दा गहेछन् । उनीकै श्रोत र साधान उपलब्ध गराउदा रहेछन् । त्यसको सदुपयोग जसले गर्छ,त्यो महत्वपुर्ण ठानिदो रहेछ । अर्को कुरा यसमा ब्यक्तिगत कुरा अगाडि बढाउन खोज्नुहुदो रहेछ । यो समयमा कसैले राष्ट्र चिनाउछन् । कसैले आफूलाई । प्रतिस्पर्धा ताजको लागि मात्र हुदो रहेनछ । कतिले म यसबाट जतिसक्दो प्रभावशाली काम गर्छु,साथी भाई बनाउनु भन्ने पनि लिनुहुँदो रहेछ । कोही रमाइलो गर्न मात्र पनि आउनुहुदो रहेछ । यस हिसावले पनि यो एउटा महोत्वसव रहेछ भनेकी हुँ ।
तपाईँलाई देशबाट भोटिङ र सपोट धेरै थियो । त्यसले काम गर्दो रहनेछ ?
मिस वर्ल्डको प्लेटफर्ममा स्वदेशीको मायाले धेरै फरक पर्दोरहेछ । जति नै जानेबुझे पनि कतिपय ठाउँमा मानिसको उर्जाले कमगर्न छोड्दो रहेछ । त्यहाँ हरेक दिन, हरेक मिनेट आफ्नो प्रस्तुति दिइरहनु पर्दो रहेछ । यो क्रममा कहिले एनर्जी सकिएको जस्तो महशुस हुँदो रहेछ । यो समय स्वदेशीका माया, म्यासेज र मिडियाको सपोटले जतिनै थाकेपनि थकान मेटिदो रहेछ । भोकाएको मानिसले खान पाएजस्तो तागत मिल्दोरहेछ ।
मिस नेपालको प्लेट फर्ममा केही परिवर्तन गर्नुपर्ने लागेको छ ?
लागेको छ । मिस नेपाल आयोजक हिडेन ट्रेजरको टिमले पनि तिमीले अनुभव गरेको आधारमा हामीले के चेन्ज गर्नु पर्ने छ भनेर सोध्नु भएको छ । मिस वल्डमा भोगेको, सिकेको र लागेको आधारमा सल्लाह, सुझाव दिन्छु । जसको कारणले अर्को बर्षको मिस नेपाल ताजसम्म पुग्न सकोस् ।
कस्ती केटी तपाईँ?
मलाई काममा एकदमै समय दिने ब्यक्तिको रुपमा पनि बुझ्न सकिन्छ । हरेक दिन केही नयाँ कुरा सिक्ने चाँहना भएकी केटी हुँ म । मलाई धेरै मानिससँग संगत गर्न, उनीहरुबाट केही न, केही सिक्न मनलाग्छ । मलाई साधारण मिडिल क्लास फ्यामिलीको केटीको रुपमा जान्न सकिन्छ । जसले समाजमा राम्रो काम गर्ने ठूलो सपना देख्न सिकेकी छ । त्यो सपना पुरा गर्न लागि पर्न सक्ने ।
सपना ?
एउटा ठूलो भन्दापनि धेरै सपना छन् । निकै ठूलो प्रभावकारी काम गर्नुछ । मिस नेपालमा मात्र सीमित हुनेछैन म ।
पुरा नभएको सपना ?
मिस वर्ल्डको ताज जित्न सकिएन । अहिलेसमम पुरा नभएको सपना त्यही होला ।
फुर्सदको समय ?
फुर्सद नभएको अहिले धेरै भयो । फुर्सदको समय म सामाजिक संजालमा क्रियाशील हुन्छु । युट्युवमा हास्यकार्यक्रम हेर्न मनपर्छ । चलचित्र पनि हेर्न मनपर्छ । चलचित्र हेर्दा कसैसँग केही कुरा नगरी केही समयका लागि अर्को दुनियामा पुगिन्छ जस्तो लाग्छ ।
मनपर्ने केटा ?
समझदार, अरुको चाँहना बुझ्ने । बाहिरि रुप केही होइन । एकअर्कोसँग सँगै हुने चाह भएको छ।
प्रेम ?
छ, एक ब्यक्तिसँग म रिलेशनसिपमा छु ।
तपाइको बिचारमा देश बिकाशका लागि एउटा महत्वपूर्ण पाटो के ?
देश बिकाशका लागि धेरै कुरो केही गर्नु पर्दैन । एउटा पाटो मात्र ध्यान दिए पुग्छ । त्यो हो इमान्दारिता । सरकार, कर्मचारी, ब्यवसायी र नागरिक इमान्दार हुने हो भने परिवर्तन आफै हुन्छ । हरेक ब्यक्ति जुन काममा छन् । त्यो ब्यक्तिले आफ्नो काम इमान्दारीताका साथ गर्नु पर्यो । हाम्रो देशमा कुनै पनि पक्ष इमान्दार छैन । अनि कहाँ हुन्छ देश बिकाश ।
मिस वर्ल्ड पनि सकियो , अबका दिनमा के गर्नुहुन्छ ?
देशमै कामगर्छु । नमुनाबस्तिको एउटा प्रोजेट अगाडि बढिरहेको छ । एउटा समुदायमा काम गरिरहेका छौ । त्यो समुदाय सक्षम भएपछि अर्को बस्तीमा गएर काम गर्ने बिचार छ । अध्यायनलाई पनि निरन्तरता दिन्छु । ५ बर्ष अध्यायनको सिलसिलामा अष्ट्रेलिया बसेर फर्किएकी थिए । अब भने देशमै बस्छु ।