ताजा समाचार

अन्तत : प्रचण्ड गले, अर्थमन्त्री र सभामुख साटाफेर गर्ने भद्र सहमति !

काठमाण्डाैं। लामाे समयदेखि सभामुख कसलाई बनाउने भनेर नेकपा भित्र रस्साकस्सी चलिरहेकाे छ। प्रधानमन्त्री केपी ओली सुवास नेम्वाङकाे नाम खल्तीमा वाेकेर बसेका छन भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अग्नी सापकाेटाकाे नाम लिइरहेका छन। तर हालै मात्र सिन्धुपाल्चाेक पुगेर फर्किएपछि साेझै वालुवाटार गएका अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीसंग नयाँ वार्गेनिङ गर्न पुगे।नयाँ वार्गेनिङ अनुसार,अध्यक्ष दाहाल सभामुख पद त्याग गर्न तयार भएका छन।जति कन्भिंस र अडान लिंदा पनि प्रधानमन्त्री सुवासलाई सभामुख बनाउने कुराबाट पछि नहटेपछि दाहाल नयाँ सर्त राख्न पुगेका छन।

स्राेतका अनुसार,अध्यक्ष दाहालले सभामुख पदसंग अर्थमन्त्री पद साटाफेर गरेका छन। फागुनमा दुइ बर्ष पुगेपछि अर्थमन्त्री डा.युवराज खतिवडलाई पदबाट हटाउने र साे स्थानमा नयाँ नियुक्त राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठलाइ अर्थमन्त्री बनाउने सहमति भएकाे छ। र,डा.खतिवडालाई भने अमेरिकाकाे रिक्त राजदुत पदमा लैजाने सहमति छ। र,सुवास नेम्वाङलाइ भने सभामुख बनाउने तानावाना वुनिएकाे छ।

तर,यसपछि पनि राष्ट्रपति विध्यादेवी भण्डारीकाे उदे्श्य भने पुरा हुने छैन। उनले हालकी उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई नै सभामुख बनाउन चाहेकी छिन।राष्ट्रपतिलाई कन्भिंस गर्ने जिम्मेवारी भने प्रधानमन्त्री ओलीले लिएका छन।

नयाँ कुनै सहमति र समीकरण नबनेमा यहि सहमति लागु हुने स्राेतकाे दावी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *