ताजा समाचार

राजावादी निराला ओलीकाे काेटामा न्यायपरिषद सदस्य अनुमाेदन

काठमाण्डाैं।शाही कालका महान्यायाधिवक्ता लक्ष्मीवहादुर निराला खडका न्यायपरिषद सदस्य बन्न सफल भएका छन।नेकपा समर्थित वकिलहरूलाइ पछि पार्दै उनी प्रधानमन्त्री अेालीकाे सिफारिशमा न्यायपरिषदकाे सदस्यमा मनाेनीति भएका थिए र आइतवारकाे संसदीय सुनुवाइ समितिकाे वैठकले उनलाइ अनुमाेदन गरेकाे छ।

अब उनी न्यायपरिषदकाे सदस्यकाे रूपमा काम गर्न याेग्य भएका छन। उनलाई राष्ट्रपति विधादेवी भण्डारीले सपथ खुवाउनेछिन। उनकाे चार बर्षे कार्यकाल रहनेछ। न्यायपरिषदका सदस्य पदम वैदिकले सर्वाेच्च अदालतकाे न्यायाधिश हुनकाे लागि राजीनामा दिएपछि रिक्त स्थानमा निरालालाई नियुक्त गरिएकाे हाे।

निराला बरिष्ठ अधिवक्ता हुन।उनी २०६२ सालमा राजा ज्ञानेन्द्रकाे प्रत्यक्ष शासन कालमा महान्यायधिवक्ता थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *