काठमाडौं । बाजुरामा बालिकालाई जबरजस्ती गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाजुराको सेती कर्णाली एकेडेमी बोर्डिङ स्कुलमा अध्यापन गराउँदै आएका शिक्षक भीम ठगुन्ना रहेका छन् ।
राति होटलमा सुतिरहेकी एक बालिकालाई जबरजस्ती करणी गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएपछि प्रहरीले भीमलाई पक्राउ गरेको हो ।
जाहेरी दर्ता भएपछि उनलाई माघ २३ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
पक्राउ ठगुन्नालाई जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।




