मधेश प्रदेश

हिमपातका कारण मनाङमा बुस्टर खोप अभियान स्थगित

काठमाडौं । हिमपातका कारण मनाङमा कोरोनाविरुद्धको बुस्टर खोप अभियान स्थगित भएको छ। हिमपातले पैदलमार्गसमेत अवरुद्ध हुँदा खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख वद्री आचार्यले बताए ।

कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले बताएको छ । मनाङमा कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान ५ माघबाट सञ्चालन भएको थियो ।

उनका अनुसार प्राथमिकतामा पर्नेसँगै अन्य नागरिकलाई पनि बुस्टर खोप लगाउन थालिएको हो । नार्पाभूमि गाउँपालिकामा चिसोका कारण सबैजना काठमाडौं, पोखरा, बेंसीसहर झरेकाले फागुनमा मात्रै बुस्टर खोप लगाउने कार्यक्रम तयार गरिएको छ । मनाङ कोरोनाविरुद्धको पूर्ण खोपयुक्त पहिलो जिल्ला हो ।

माघ महिनामा १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । पहिलो र दोस्रो खोपको मात्राको खोप लगाइसकेका ४ हजार ३ सय ९९ जना रहेका छन् । मनाङमा १ हजार बढीले बुस्टर खोप लगाएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

चामे र नासोंमा बुस्टर खोप लगाइसके पनि माथिल्लो मनाङको मनाङ ङिस्याङमा माघ २० बाट सुरु गर्ने भनिए पनि हिमपातले प्रभावित बुस्टर खोप अभियान स्थगित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *