संकल्पखबर । बाँकेमा गत मङ्सिर २६ गते यता कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ।
४ जनामध्ये ३ जनाले कोभिडविरुद्धको खोप लगाएका थिएनन् भने बर्दिया मधुवन नगरपालिका–६ का ७१ वर्षीय पुरुषले मात्रै खोप लगाएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका सम्पर्क व्यक्ति तेज वलीले जानकारी दिएका छन् ।
बाँकेमा कोभिडविरुद्धको खोप अनिवार्य गरिएको छ ।
खोप कार्ड नभएका व्यक्तिलाई सरकारी कार्यालयमा प्रवेश नदिने नियम बनाइएपछि पछिल्लो समय खोप लगाउनेको भीड देखिएको छ ।
भेरी अस्पतालमा बुस्टर खोप सञ्चालन भइरहेको छ ।
माघ १४ गतेदेखि जिल्लाभरका ८१ वटा वडामा कोभिसिल्ड र भेरोसेल खोपको बुस्टर डोज सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।




