प्रदेश

सप्तरीमा कुखुराको दाना बोकेर पूर्वतर्फ गइरहेको ट्रकमा आगलागि

संकल्पखबर । बुधबार बिहान सप्तरीको अग्रिसाइर कृष्णसवरण गाँउपालिका ४ विशाल चोकस्थित एकट्रकमा आगजनी भएको छ।


संकल्पखबर । बुधबार बिहान सप्तरीको अग्रिसाइर कृष्णसवरण गाँउपालिका ४ विशाल चोकस्थित एकट्रकमा आगजनी भएको छ।

कुखुराको दाना बोकेर पूर्वतर्फ गइरहेको ना ५ख १९११ नं को ट्रकमा आगजनी भएको प्रहरीले बताएको छ।

कसले र किन ट्रकमा आगजनी गरेको भन्ने विषयमा अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

अज्ञात समूहद्वारा आगजनी गरिएको हुनसक्ने प्रहरी उपरीक्षक काफ्लेले बताए । ट्रक भने पूर्णरूपमा जलेको छ।

यसैबीच आगो लागेको ट्रकलाई स्थानीय प्रहरी चौकीबाट गएको प्रहरी टोली र कञ्चनरुप नगरपालिकाबाट आएको बरुणयन्त्रले निभाएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *